आँधीखोलामा लैंगिक हिंसा बिरुद्ध अन्तरक्रिया,हस्ताक्षर अभियान शुरु ।
स्याङ्जा :
आँधीखोला गाँउपालिकाले लैंगिक हिंसा निरुत्साहित गर्न अन्तरक्रिया गरिएको छ । साथै हिंसा विरुद्ध हस्ताक्षर अभियान समेत शुरु गरिएको छ ।
गाँउपालिकाले आजबाट प्रतिवद्धता सहित लैंगिक हिंसा विरुद्ध हस्ताक्षर संकलन अभियान शुरु गरेको हो । लैंगिक हिंसा सबैभन्दा बढी घर भित्रबाटै सुरु हुने भन्दै यसवर्षको दिवसको नारा नै ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ राखिएको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा विश्व भरिनै आजबाट १६ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । लिङ्गको आधारमा गरिने सबै खाले विभेद अत्यको लागि यो दिवस मनाउने गरिएको हो । नोभेम्बर २५ बाट सुरु हुने यो अभियान १० डिसेम्बरको दिन सकिन्छ । १० डिसेम्बर अर्थात् विश्व मानव अधिकार दिवसको दिन अभियान समापन हुन्छ ।
लिङ्गका आधारमा हुने सबैखाले हिंसा अन्त्य गर्न हस्ताक्षर संकलन शुरु गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पालिका भित्र हिंसा रहित शुसासनका लागि आफूहरुको बिशेष ध्यान रहेको छ ।’

पालिकाका उपाध्यक्ष शर्मिला देवी पौडेलले १६ दिनसम्म मनाईने यस अभियानलाई थप प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले लिङ्गका आधारमा कोहीमाथि पनि हिंसा गर्न नहुने बताउँदै आगामी दिनमा थप सीप, तालीम तथा प्रशिक्षणका कार्यक्रमहरु ल्याउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्षहरु,कर्मचारीहरु, बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले आआफ्नो भनाई राखेका थिए ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


