एकीकृत समाजवादीमा ४३७ नेतालाई जिम्मेवारी : खनाल सम्मानित नेता ।
काठमाण्डौ
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी र ३४ सदस्यीय तीन केन्द्रीय आयोगसहित चार सय ३७ केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । पदाधिकारीदेखि नै ‘जम्बो कमिटी’को अभ्यासमा अगाडि बढेको एकीकृत समाजवादीले कार्यविभाजनसम्म पुग्दा ३४ जना केन्द्रीय सदस्य पनि थपेको छ ।
२१ असोजमा बसेको स्थायी समिति बैठकले तीन सय एक सदस्यीय केन्द्रीय कमिटी र सात सय एकजनाको केन्द्रीय परिषद् बनाउने निर्णय सार्वजनिक गरेको थियो । त्यही बैठकले १८ जनाको पदाधिकारी संख्या बढाएर २२ पु¥याएको थियो । शनिबार ३४ जना नेता थपेर कार्यविभाजन गरिएको सर्कुलर सार्वजनिक भएको छ ।
जसअनुसार अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्र नेतृत्व र संघीय संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ भने झलनाथ खनाललाई सम्मानित नेताका रूपमा विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।त्यस्तै, तेस्रो वरीयताका नेता मुकुन्द न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्जार्ज र चौथो वरीयतामा रहेका नेता प्रदीप नेपाललाई प्रतिष्ठानहरूको इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
केन्द्रीय सदस्य तथा पार्टी कार्यालयका उपसचिव मोहन गौतमले नेताहरूको कार्यविभाजनसँगै केन्द्रीय विभाग र फाँटहरूले पनि तत्काल पूर्णता पाउने र पार्टी नयाँ योजना र गतिका साथ संगठन निर्माणमा केन्द्रित हुने बताए । ‘कार्यविभाजनसँगै विभाग र फाँटहरूले पनि तत्काल पूर्णता पाउँछन्, पार्टी नयाँ योजना र गतिका साथ देशभर संगठन निर्माणमा केन्द्रित हुनेछ,’ उनले भने ।
एकीकृत समाजवादीले सर्कुलरमै तीन महिनाभित्र वडा तहसम्म पार्टी कमिटीहरू निर्माण गरिसक्न निर्देशन दिएको छ । त्यस्तै, जनसंगठन कमिटीहरू पनि तलसम्म विस्तार गर्न भनिएको छ । एउटै जिल्लाका आधा दर्जनदेखि एक दर्जनसम्म केन्द्रीय सदस्य बनेका छन् भने केहीले दुईदेखि तीनवटासम्म जिम्मेवारी पनि पाएका छन् । मन्त्रीहरूमध्ये राज्यमन्त्री भवानी खापुङलाई मात्र तेह्रथुम जिल्लाको इन्चार्ज तोकिएको छ ।
शनिबार सार्वजनिक भएको सर्कुलरअनुसार उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई राजकीय मामिला विभाग प्रमुख र बागमती प्रदेश संसदीय दलको नेता, प्रमेश हमाललाई पार्टी स्कुल विभाग प्रमुख, घनेन्द्र बस्नेतलाई प्रदेश १ इन्चार्ज, केदार न्यौपानेलाई बागमती प्रदेश इन्चार्ज, केशवलाल श्रेष्ठलाई गण्डकी प्रदेश इन्चार्ज, धर्मनाथप्रसाद साहलाई प्रदेश २ इन्चार्ज, जयन्ती राईलाई महिला फाँट इन्चार्ज तोकिएको छ ।
त्यस्तै, महासचिव डा। बेदुराम भुसालले संगठन विभाग प्रमुख र राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी पाएका छन् । उपमहासचिव प्रकाश ज्वालालाई संगठन विभाग उपप्रमुख तथा कर्णाली प्रदेश इन्चार्ज, अर्का उपमहासचिव डा। गंगालाल तुलाधरलाई केन्द्रीय कार्यालय तथा विपत् व्यवस्थापन र शिक्षा विभाग प्रमुख, डा। विजय पौडेललाई मोर्चा इन्चार्ज तथा अर्थ योजना विभाग प्रमुख, जगन्नाथ खतिवडालाई प्रचार विभाग तथा सञ्चार फाँट इन्चार्जको जिम्मा दिइएको छ ।
सचिव भागवत विश्वासीलाई लुम्बिनी प्रदेश इन्चार्ज, गरिमा शाहलाई सुदूरपश्चिम इन्चार्ज, नागेन्द्र चौधरीलाई वन तथा वातावरण विभाग र स्वास्थ्य विभाग प्रमुख, राजेन्द्र राईलाई प्रदेश १ सहइन्चार्ज तथा प्रदेश १ संसदीय दलको नेताको जिम्मेवारी तोकिएको छ । जीवनराम श्रेष्ठलाई बागमती प्रदेश सहइन्चार्ज, संघीय संसदीय विभाग प्रमुख र काठमाडौं जिल्ला इन्चार्ज तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई मन्त्रीकै जिम्मेवारी तोकिएको छ ।
त्यस्तै, स्थायी समिति सदस्य उर्वादत्त पन्तलाई भौतिक योजना विभाग प्रमुख, कल्याणी खड्कालाई प्रदेश २ सहइन्चार्ज र रौतहट जिल्ला इन्चार्जको जिम्मेवारी तोकिएको छ । गोविन्द कोइरालालाई सहकारी तथा गरिबी निवारण विभाग प्रमुख, गौरा प्रसाईं कोइरालालाई समाज कल्याण विभाग प्रमुख, चूडामणि विक जंगलीलाई गण्डकी प्रदेश सहइन्चार्ज, तुलबहादुर गुरुङलाई गण्डकी प्रदेश कमिटी अध्यक्ष, बलराम बाँस्कोटालाई कृषि तथा भूमिसुधार विभाग प्रमुख र किसान फाँट इन्चार्ज, भानुभक्त जैसीलाई जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग प्रमुख, रत्नेश्वर गोइतलाई प्रदेश २ सहइन्चार्ज, रामचन्द्र यादवलाई प्रदेश २ प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै, भरतकुमार श्रेष्ठको अध्यक्षतामा लेखा आयोग, शिवबहादुर देउजाको अध्यक्षतामा केन्द्रीय अनुशासन आयोग र माधव पौडेलको अध्यक्षतामा निर्वाचन आयोग पनि गठन गरिएको छ । तीनवटै आयोग ३४–३४ सदस्यीय छन् । केन्द्रीय कमिटी गठन र जिम्मेवारी बाँडफाँडलाई लिएर नेकपा एसमा असन्तुष्टि पनि सार्वजनिक भएको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जिम्मेवारी बाँडफाँडमा विधि, पद्धति लत्याइएको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् ।
माधव नेपालको नेतृत्वमा ११ सदस्यीय केन्द्रीय सचिवालय:
माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद पाण्डे, प्रमेश हमाल, जयन्ती राई, डा। वेदुराम भुसाल, प्रकाश ज्वाला, डा। गंगालाल तुलाधर, डा। विजय पौडेल र जगन्नाथ खतिवडा
समाचार
थप सामाग्रीवालिङका १८६ विद्यार्थीलाई वृत्ति मार्गनिर्देशन
६ दिन अगाडि
सुशील सुवेदी/स्याङ्जा पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने…