वालिङ : राहत वितरण
वालिङ :
वालिङ नगरपालका वडा नं. ८ दमैडाँडाका ८ घर परिवारलाई राहत वितरण गरिएको छ । अन्नपूर्ण ट्रस नेपाल र सामुदायिक बन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ वालिङको समन्वयमा राहत आज राहत वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा बोल्नुुहँदै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले राहत वितरणका लागि यस ठाउँलाई चयन गरी सहयोग गर्नुभएकोमा सहयोगी संस्थाप्रति धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले संस्थाले अति विपन्न समुदायका नागरिक तथा महिला र बालबालिकाका क्षेत्रमा चालेको अभियान निक्कै प्रशंसनीय रहेको बताउनुहुँदै आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदी, रेडियो आँधीखोलाका अध्यक्ष एवं नेपाली काँग्रेस वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे, अन्नपूर्ण ट्रस नेपालका संस्थापक अध्यक्ष धनबहादुर अधिकारीले पहिरोको जोखिममा रहेको बस्तीका नागरिकलाई दैनिक उपभोग्य खाद्यान्नसहितका सामग्रीहरु सहयोग गरेकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँहरुले रातह वितरणलाई आगामी दिनमा न्यूनिकरण गर्दै प्रभावित नागरिकहरुलाई आर्थिक उपार्जन हुने खालका योजनाहरु ल्याउनुपर्नेमा जोड दिनुभयो ।
संस्थाले चामल एक बोरा, दाल पाँच केजी, खाने तेल दुई लिटर, नून दुई केजी उपलब्ध गराएको थियो ।
सामुदायिक बन उपभोक्ता महासंघ वालिङका अध्यक्ष कमलप्रसाद गैह«ेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव सीता काफ्लेले र सञ्चालन अन्नपूर्ण ट्रस नेपालका सचिव अञ्जु क्षेत्रीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


