भोलिबाट एमालेले अन्तिम प्रदेश सरकार पनि ढल्ने, एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ को भावी मुख्यमन्त्री ।
काठमाण्डौ
प्रदेश १ को विपक्षी गठबन्धनले सोमबार प्रदेश सभामा मुख्यमन्त्री भीम आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। यससँगै नेकपा एमालेले देशैभरबाट सत्ता ढल्ने निश्चित भएको छ । साथै गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय पनि गरेको छ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका नेताहरूको आइतबार विराटनगरमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। ‘भोलि भीम आचार्य नेतृत्वको सरकारलाई एकमतका साथ बिदा गर्ने र राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गर्ने हाम्रो गठबन्धनको निर्णय भएको छ,’ माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले भने।
प्रदेश सभामा सत्तारुढ एमाले प्रष्ट अल्पमतमा छ भने विपक्षी गठबन्धन आरामदायी बहुमतको अवस्थामा छ। किनकी ९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्नेमा गठनबन्धन भने ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा छ। गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन्। राप्रपाका १ सांसद भने कतै खुलेको अवस्था छैन।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


