नेकपा एमाले वालिङको अध्यक्षमा पौडेल निर्वाचित ।

स्याङ्जा :
नेकपा एमाले वालिङ नगरकमिटिको अध्यक्षमा शोभाकान्त पौडेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न अधिवेशनबाट पौडेललाई सहमतिका आधारमा अध्यक्षमा चयन गरेको हो ।
नवगगित समितिको उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, सचिवमा यमकान्त खनाल त्यस्तै उपसचिवमा उमेश दर्लामीसुशील खनाल र सीता गुरुङ रहेकाछन् ।
अध्यक्षमा शोभाकान्त पौडेल र पुण्य प्रसाद अर्याल बीच कडा प्रतिस्पर्धा रहेको थियो । पौडेललाई पूर्बमन्त्री पद्मा कुमारी अर्याल र पून्य प्रसाद अर्याललाई प्रदेश सांसद मोहन रेग्मीको समर्थन रहेको बताइएकाे छ ।
यो सँगै जिल्लाका ११ वटै पालिकामा नेकपा एमालले सहमतीका आधारमा नेतृत्व चयन गरेको छ ।

शोभाकान्त पौडेल
Facebook Comments Box
TOP