विवादमा आएपछि आपूर्ति मन्त्री गजेन्द्र हमालले गरे राजीनामा ।

काठमाडौं
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन् ।  मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका छन् ।

नेपाली कांग्रेस र आफूलाई अनावश्यक विवादमा तानिएको भन्दै मन्त्री हमालले राजीनामा दिन घोषणा गर्नुभएको हो ।‘४५ वर्ष कांग्रेसमा योगदान पुर्‍याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ उहाँले भन्नुभयो, ‘आजै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउँछु ।’ हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेको छ । यद्यपि सर्वोच्च अदालत, र सत्तारुढ दलका नेताहरूले भने आरोपको खण्डन गर्दै आएका छन् ।हमाल प्रधान्यायाधीश राणाका जेठान हुनुहुन्छ ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP