नेपाल विद्यार्थी संघ द्दवारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग ।

काठमाण्डौ:
सत्तारूढ नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज होस्। अन्यथा कडा प्रतिवाद गर्न बाध्य हुनेछौं।’ नेपाल आयल निगमको बेथिती, भ्रष्टाचार र अनियमितता नियन्त्रण हुनुपर्ने पनि नेविसंघको माग छ।

नेविसंघ महामन्त्री दीपक भट्टराईले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गरिने चेतावनी दिए। कोरोना महामारीका बेला जनतालाई राहत हुने गरी काम गर्नुपर्ने बेला पटकपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुने गरेको भन्दै नेविसंघले असन्तुष्टि जनाएको छ।

आयल निगमले पछिल्लोपटक खाना पकाउने ग्यासमा ५० रूपैयाँ र पेट्रोल, डिजेल तथा मट्टीतेलमा ३ रूपैयाँका दरले मूल्यवृद्धि गरेको थियो।

Facebook Comments Box
TOP