स्याङ्जा : ९ थान मोटरसाईकल र स्कुटी सँगै चार चोर समातिए ।

स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले मोटरसाईकल र स्कुटर चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरी गरेको आरोप रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ का बिष्णु बहादुर नेपाली र बुटवल ११ का प्रकाश सिन्धौली सार्की तथा स्याङ्जाको भीरकोट २ का बिप्लव श्रेष्ठ र ज्ञान हादुर गुरुङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट बिभिन्न कम्पनीका ७ थान मोटरसाईकल र २ थान स्कुटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेको चारै जनालाई जिल्ला अदालत स्याङ्जामा चोरी मुद्धा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…