मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

मकवानपुर :  वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । आज बुधवार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।

वाग्मती प्रदेशमा आज मुख्यमन्त्री शाक्यले विश्वासकाे मत लिने कार्यसूची थियो । उहाँले बैठकमा बोल्दै मत विभाजनभन्दा आपसी सहकार्यबाट मात्रै प्रदेशको समृद्धि सम्भव भएकाले आफूले राजीनामा दिएको बताउनुभयो ।

शाक्यको राजीनामासँगै वागमती प्रदेश सभाको बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको छ ।

उहाँले राजीनामा दिएसँगै यस प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ । उहाँको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको सहभागितामा सरकार गठन हुन लागेको हो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP