मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

मकवानपुर : वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । आज बुधवार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।
वाग्मती प्रदेशमा आज मुख्यमन्त्री शाक्यले विश्वासकाे मत लिने कार्यसूची थियो । उहाँले बैठकमा बोल्दै मत विभाजनभन्दा आपसी सहकार्यबाट मात्रै प्रदेशको समृद्धि सम्भव भएकाले आफूले राजीनामा दिएको बताउनुभयो ।
शाक्यको राजीनामासँगै वागमती प्रदेश सभाको बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको छ ।
उहाँले राजीनामा दिएसँगै यस प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ । उहाँको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको सहभागितामा सरकार गठन हुन लागेको हो ।
विचित्र संसार
थप सामाग्री-
सात्विक भोजन के हाे जसले दिन्छ दीघार्यु र निरोगी जीवन
-
विवाह पछि दुलाहाले विदा भई जानु पर्छ दुलहीको घरमा बस्न
-
सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !
-
विवाहमा नाचेको भन्दै बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् दुलाहाकै भतिजसंग बिहे
-
चिम्पाञ्जीको प्रेममा पागल एक युवती

महाशिवरात्रि किन मनाइन्छ ?
३ महिना अगाडि
हिन्दु शास्त्र अनुसार भगवान शिवलाई सबै देवताहरु मध्ये श्रेष्ठ मानिन्छ । ब्रह्माण्डका सबै देवता र मानव जातिले भगवान शिवलाई प्रसन्न…