नेकपा एमाले पुतलीबजारको अध्यक्षमा गोदार ।
पुतलीबजार :
नेकपा एमाले पुतलीबजार नगरपालिकाको प्रथम अधिवेशनबाट भरत गोदार निर्वाचित भएका छन् । सर्वसम्मत रुपमा गोदार पुतलीबजार नगरपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।
सोही अधिवेशनले पुतलीबजार नगरपालिकाको उपाध्यक्षमा शोभित के.सी र सचिवमा अमृत नेपाली चयन भएका छन् त्यसैगरी उपसचिवमा लक्ष्मी नेपाली र बिद्या मरासिनी चयन भएकाछन् ।
नेकपा एमाले पुतलीबजार नगरपालिकाको अध्यक्ष पदमा दावी गर्नेहरुमा महेश पुरी, अमृत प्रसाद श्रेष्ठ, अशोक शर्मा, ओमबहादुर खड्का, खड्कराज सुवेदी र दोवबहादुर कार्की रहेका थिए ।
गोदारलाई नगरप्रमुख सिमा क्षेत्रीको समर्थन रहेको बताईएको छ । गोदारयुवा व्यवशायी समेत हुनुहुन्छ । त्यस्तै केन्द्रमा महेश बस्नेतसँग नजिक रहेको बताईएको छ ।
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


