१९ वर्षीया किशोरी काँग्रेसकी कान्छी वडा सभापति ।

दैलेख:
दैलेखको दुल्लु नगरपालिका –३ मा १९ वर्षीया किशोरी वडा सभापतिमा निर्वाचित भएसँगै अहिले सामाजिक सञ्जाल तथा नेपाली काँग्रेसी वृतमा निकै चर्चा चलिरहेको छ । हुन पनि युवाहरुलाई युग परिर्वतनका संवाहक भनेर भनिन्छ तर, नेपाली राजनीतिमा भने युवाहरुको सहभागिता खोइ भनेर प्रश्न गर्नुपर्ने अबस्था छ। यही समयमा दैलेखमा एकजना १९ वर्षीया किशोरी स्वस्तिका महत नेपाली काँग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छन् ।

वडा तहका अधिकांश नेतृत्वमा ४० नाघेकाहरू वर्चश्व भइरहेका बेला उनको निकै प्रशंशा भइरहेको छ । यसबेला काँग्रेसको १४ महाधिवेशनले देशभरकै राजनीतिक माहौल तातिरहेको छ । सोही अभियान अन्तर्गत देशभर वडा अधिवेशन चलिरहेको छ । शुक्रबार स्वस्तिकाको नेतृत्वमा कार्यसमिति घोषणा गरिएको छ । ग्रेस दैलेखका निर्वाचन अधिकृत विवश बस्नेतले महत सर्वसम्मत विजयी भएको जानकारी दिए । उनी दैलेखका स्वर्गीय नेता भुपेन्द्रजङ्ग महतकी छोरी हुन् । भुपेन्द्रजङ्ग महत दैलेख जिल्लाको पार्टी उपसभापति हुनुहुन्थ्यो । समाज रुपान्तरण तथा सुधारको काम गरि बाबाको सपना पुरा गर्नु आफ्नो कर्तव्य हो त्यसैले राजनितीमा आएको कुरा उनले बताईन ।

Facebook Comments Box
TOP