शिवराजमा निर्विरोध नगर समिती बनाउन कार्यदल गठन
कपिलवस्तु शिवराज कांग्रेसमा भावी नगर सभापतिमा को ? निर्विरोध नगर समिती बनाउन सक्ला गठित कार्यदलले ?
कपिलवस्तु/आधिखोला सम्बादाता
नेपाली काग्रेसको चौधौ महाधिवेशन चलिरहदा कपिलवस्तुको शिवराज नगरसमिति निर्विरोध बनाउने तयारी थालिएको छ । जिल्लाको अन्य ठाउँमा चुनाव भइरहदा शिवराजमा भने निर्विरोध समिति गठन हुने नेपाली काग्रेस शिवराजले जनाएको छ ।आज पार्टी कार्यालय चन्द्रौटामा पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यको अध्यक्षतामा भएको भेलाले हुमाकान्त खनालको संयोजक्तवमा ७ सदस्य कार्यदल गठन गरिएको छ ।
जसको सदस्यहरुमा प्रेम बहादुर रायमाझि,अजय थापा, भवनराज पौडेल, बिनोद नेपाल, जम्सेर अलि मियाँ र हरि प्रसाद पोखे्रल रहनुभएको छ । यो सहमतिको लागि आजै वाट काम सुरु गर्ने कार्यदललाई जिल्ला सभापति सुरेन्द्रराज आचार्य आग्रह गर्नुभयो । यता संयोजक खनालले शिवराजमा सर्वसहमति रुपमा नेतृत्व चयन हुने दावि गर्नुभयो ।
असोज ७ गते भएको वडा निर्वाचनमा दुई वटा वडामा चुनाव भएको थियो । नेपाली काग्रेसको शिवराज नगर समितिको निर्वाचन असोज १२ गते हुदै छ । शिवराजको सभापतिमा तीन जना आकाक्षी रहेको बुझिएको छ, यद्धपि सहमतीको लागि प्रयास भने जारी छ । अहिलेका कार्यवाहक सभापति मधुसुदन पोख्रेल,राजु खराल र मेघराज रेग्मी सभापतिमा आकाक्षी रहेका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


