एमालेद्वारा संसद बैठक अवरुद्ध

प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ।

बुधबार अपरान्ह संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले बैठक अवरोध गरेका हुन्।
बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले नेकपा (एमाले) मा विभाजन ल्याउने षडयन्त्र गरेको आरोप लगाए।
‘७२ वर्ष संघर्ष आएको यो पार्टीलाई यदि कसैले नियम कानुन विपरित तल पार्न हेप्न प्रयास गर्छ भने नेकपा एमाले चुप लागेर बस्न नसक्ने कुरा म संसद समक्ष जानकारी गराउन चाहन्छु’ उनले भने, ‘र यसको यथोचित जवाफ नपाउन्जेल यो संसद अघि बढ्न नदिने नेकपा एमालेको निर्णय जानकारी गराउन चाहन्छु।’
Facebook Comments Box
TOP