निशुल्क रेबिज बिरुद्धको खोप अभियान शुरु
वालिङ :
वालिङमा निशुल्क रेबिज विरुद्धको सप्ताहब्यापी कार्यक्रम मंगलबारबाट शुरु भएको छ । वालिङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जा र लियो क्लब अफ वालिङ सिटीको सहकार्यमा ‘रेबिज तथ्य बुझौं, त्रसित नहोऔं’ भन्ने नाराका साथ शुरु भएको हो ।
रेबिज विरुद्ध पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उहाँको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ । जसको फलस्वरुप आजबाट आगामी असोज १२ गतेसम्म १५ औं विश्व रेबिज दिवस मनाईने भएको हो ।
सप्ताहब्यापी कार्यक्रमको शुभारम्भ गर्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले रेबिज विरुद्धको अभियानमा सबै एक भएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले घरभित्रका वा बाहिरका कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप लगाई सुरक्षित रहनकालागि अनुरोधसमेत गर्नुभयो ।

रेबिज रोग लागिसकेपछि यसको उपचार तथा बिरामी बच्ने संभावना निक्कै कम हुने भएकाले रोग लाग्नै नदिनका लागि पूर्व सावधानीस्वरुप घरमा पालिएका वा सामुदायिक कुकुर बिरालोलाई निशुल्क रेबिजविरुद्धको खोप लगाईएको नगर प्रमुख खाँणले बताउनुभयो ।
रेबिज प्राणघातक रोग भएकाले पूर्व सावधानी अपनाउन सकेको खण्डमा यसबाट बच्न सकिने भएकाले रोग लाग्ने अवस्था आउन नदिनका लागि नगरपालिकाले निशुल्क खोपको ब्यवस्था गरेको शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताउनुभयो ।
एकसातासम्म सञ्चालन हुने भएकाले एकसातासम्म कुकुर बिरालोलाई निशुल्क खोप लगाउन सकिने पशु सेवा शाखा प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।

समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


