राजनीतिक नियुक्ति मार्फत राजदूत बनेका सबैलाई फिर्ता बोलाईने ।
काठमाण्डौ:
सरकारले राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेका सबैलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको हो। राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको छु ‘ उनले भने ।
त्यस्तै कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने, औषधि ऐन, २०३५ लाई संशोधन गने विधेयकलाई संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने, कोभिड–१९ संकट व्यवस्थापन आदेश स्वीकृत गर्ने, संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…