एमसिसि पास भएर सरकार बिचमै विघटन हुन्छ : पूर्व मन्त्री अर्याल

गल्याङ :
पूर्वमन्त्री पदमाकुमारी अर्यालले एमसिसि पास भए सरकार बिचमै विघटन हुने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)गल्याङ नगर कमिटीको आयोजनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले एमसिसिको कारण सत्ता नै धरापमा परेको बताउनु भयो ।
स्याङ्जामा नेकपा एमाले विभाजनको कुनै असर नभएको मन्त्री अर्यालको दावी छ । उहाँले भन्नुभयो, बिभाजनले जिल्लामा खासै प्रभाव परेको छैन तर आज छुटिएर जानेहरुको भोलि कुनै अस्त्वि रहनेछैन ।’
पार्टीकै आन्तरिक कलहका र अबसर र पदलुलुप्तताका कारण दुई तिहाइको सरकार भएर पनि अहिले आफूहरु प्रतिपक्षको भूमिकामा बस्नु परेको र भोलिका दिनमा पार्टीलाई बलियो बनाएर अगाडि वढ्ने उहाँको भनाई छ ।
उहाँले स्याङ्जाको विकासका लागि आफू मन्त्री हँदा धेरै भन्दा धेरै बजेट ल्याएको र जनतालाई विकासको अनुभूति हुने गरि काम गरेको भनाई राख्नुभयो ।


कार्यक्रममा प्रदेश सांसद मोहन रेग्मी, जिल्ला कमिटी अध्यक्ष सूर्य प्रसाद गैह्रे(पारस) नेता किशोर विक्रम मल्ल,सभासद मुक्ति प्रसाद पाठक,गल्याङ नगरपालिकाका मेयर भूपराज अधिकारी, युवा संघ नेपाल स्याङ्जाका जिलला संहसंयोजक किसान श्रेष्ठ, अनेरास्ववियू केन्द्रीय सदस्य राम प्रसाद सापकोटा लगायतले पार्टी संगठनको विषयमा बोलेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)गल्याङ नगर कमिटीका संयोजक देवी सरा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सहसंयोजक धनमाया विश्वकर्माले र धन्यवाद मन्तव्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)गल्याङ नगर कमिटीका सचिवालय सदस्य छविलाल भूषालले तथा कार्यक्रमको सञ्चालन सचिव दान बहादुर थापाले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP