हिमाली जिल्लामा दसैं अगाडि नै जिल्ला अधिवेशन हुने ।

काठमाण्डौ :
बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समिति र पदाधिकारीबीच भएको बैठकले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो। असोज २० भित्र हिमाली भेगका जिल्लामा अधिवेशन गर्ने निर्णय भएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताए।
हिमाली भेगमा २१ जिल्ला छन्। यीमध्ये रसुवा र डोल्पामा अझै क्रियाशिल सदस्यता विवाद हुँदा वडा अधिवेशन नै अनिश्चित छ। वडा अधिवेशन भएका र अब असोज ९ मा पालिका अधिवेशन हुने हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन हुनेछ। हिमाली जिल्लामा हिउँ पर्न सक्ने भएकोले काङ्ग्रेसले दसैंअगाडि नै जिल्ला अधिवेशन गर्न लागेको हो।
पहाड र तराई भेगमा भने दसैंपछि जिल्ला अधिवेशन हुनेछ। हिमाली भेगमा कहिले जिल्ला अधिवेशन गर्ने भन्ने मिति निर्वाचन समितिले पछि तय गर्नेछ। काङ्ग्रेसमा ६४ जिल्लामा मात्रै वडा अधिवेशन भएको छ। बाकी जिल्लामाको क्रियाशिल सदस्यताको सूची नै प्रकाशित भएको छैन।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…