काँग्रेस महाधिवेशन-स्याङ्जाका ९ पालिकाले नेतृत्व पायो, वालिङ र कालीगण्डकीमा आज चुनाव हुँदै ।

nc mahadhibeshan_pic

स्याङ्जा :
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत जिल्लाका ९ पालिका अधिवेशन सम्पन्न भएको छ । दुई पालिकामा भने आज चुनाव हुदैछ । जिल्लाका ११ वटै पालिकामा अधिवेशनको औपचारिक शुभारम्भ शनिवार नै भएको हो ।
वालिङ नगरपालिका र कालीगण्डकी गाँउपासिलका बाहेक सबैमा सभापति सहित सबैको टुँगो लागिसकेको छ । चापाकोट नगरपालिकामा सहमतिका आधारमा बिक्रम बहादुर सारु सभापतिमा चयन हुनु भएको छ भने अन्य सबै पालिकामा निर्वाचन भएको हो ।
भीरकोट नगरपालिकामा एक मतान्तरले याम प्रसाद अधिकारी लक्ष्मण निर्वाचित हुनु भएको छ । अधिकारीको एक सय मत र प्रतिस्पर्धी दिपेन्द्र केसीको ९९ मत रहेको छ ।
गल्याङ नगरपालिकामा १८२ मत ल्याएर श्याम बस्याल निर्वाचित हुनु भएको छ त्यस्तै उहाँका प्रतिस्पर्धी हरि खनालले ६७ मत ल्याउनु भएको छ ।
पुतलीबजार नगरपालिकामा सुरजकुमार अधिकारी २३२ मत ल्याएर बिजयी हुनु भएको भने अर्का प्रतिस्पर्धी बिक्रान्त कुमार श्रेष्ठले १०८ मत ल्याउनु भएको छ ।
यस्तै अर्जुनचौपारी गाँउपालिकामा बिष्णु काफ्ले निर्वाचित हुन भएको छ । काफ्लेले ५८ मत र प्रतिश्पर्धी बद्री पौडेलको ३४ मत पाउनु भएको छ ।
हरिनासको सभापतिमा टोप बहादुर भुजेल टोपा निर्वाचित हुनु भएको छ । भुजेलले ६१ मत ल्याउदा प्रतिस्पिर्धी बिक्रम बहादुर चन्द कृष्णले ५३ मत ल्याउनु भएको छ ।
आँधीखोला गाँउपालिकाको सभापतिमा नरेन्द्र पौडेल निर्वाचित हुनु भएको छ । पौडेलको ६१ मत प्रतिस्पिर्धी नविन ढकालले ४७ मत रहेको छ ।
बिरुवा गाँउपालिकाको सभापतिमा डोलराज पोख्रेल निर्वाचित हुनु भएको छ । पोख्रेलको ७० मत प्रतिस्पिर्धी युवराज केसीले ६३ मत रहेको छ ।
फेदीखोला गाँउपालिकाको सभापतिमा महेन्द्र थापा निर्वाचित हुनु भएको छ । थापाको ५२ मत प्रतिस्पर्धी लाल बहादुर अधिकारीको २५ मत रहेको छ ।

 

Facebook Comments Box
TOP