नेताको व्यवहारले संविधान प्रति वितृष्णा बढ्यो : पौडेल
प्रकाश डोटेल/स्याङ्जा :
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहारले छोटो सयममै संविधान प्रति नागरिक तहमा वितृष्णा बढेको बताएका छन् । सत्तामा पुगेपछि नेताहरुले शक्तिको दुरुपयोग, र भ्रष्टाचार गर्नाले संविधानमा वितृष्णा बढेको उनले दाबी गरे ।
“सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले सत्तामा पुगेपछि शक्तिको दुरुपयोग गर्ने प्रतिस्पर्धा गरेका छन् ।” नेपाली काँग्रेस स्याङ्जाले संविधान दिवसको अवसरमा जिल्ला पार्टी कार्यालयमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काँग्रेस वरिष्ठ नेता पौडेलले भने, “नेताको आचरणले गर्दा संविधान र व्यवस्थाप्रति नागरिकस्तरमा वितृष्णा बढेको छ ।”
संविधान बनेको ६ वर्षमै संविधानप्रति प्रश्न उठनु दुःखद कुरा भएको स्पष्ट पार्दै लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नभएको नेता पौडेलले जिकिर गरे । नेता पौडेलले संविधान बनेपछि भएको निर्वाचनपछि दुईतिहाई बहुमत ल्याएर प्रधानमन्त्री भएका केपी ओलि नयाँ तानाशाह र डोनाल्ड ट्रम्पको नयाँ रुपमा प्रस्तुत भएको आरोप लगाए ।

संसदीय व्यवस्थालाई सुधार गर्दै लैजान सकिने भएकाले संविधानप्रति विश्वास गर्न उनले आमनागरिकलाई आग्रह गरे । काँग्रेसले २००७ सालमा परिकल्पना गरेको संविधानसभाबाट संविधान बनाउने २०७२ मा पुरा भएकाले व्यवस्थालाई सुधार गर्दै जान सकिने नेता पौडेलको विचार थियो ।
“वर्तमान सरकारले २ महिनाको अवद्यिमा सकेसम्म राम्रो काम गरेको तर केपी ओलि सरकारले जस्तो धुन्धुकारी शैलीमा नराम्रो काम गर्दै अगाडी बढेको छैन् ।” वरिष्ठ नेता पौडेलले भने, केपी “ओली सरकारले पारेका प्वाल पुर्दै अगाडी बढेको वर्तमान सरकारले प्राथमिकतामा राखेका कामहरुबाट परिणाम आउन केहि समय लाग्ने छ ।”
नेपाली काँग्रेस सभापतिप्रति आक्रमक रुपमा प्रस्तुत भएका नेता पौडेलले केपीले चलाएको सरकार र देउवाले चलाएको पार्टी उस्तै रहेको टिप्पणी गरे । सत्ता र शक्तिको दुरुपयोग गरेर शक्ति आफ्नै कब्जामा राख्न पाए राम्रो त्यसप्रति कसैले प्रश्न गरे त्यो नराम्रो भन्ने प्रबृत्ति सरकार र पार्टीमा मौलाएको नेता पौडेलको भनाई थियो ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


