काँग्रेस महाधिवेशन : ‘हाम्रो एकता नै हाम्रो शक्ति हो’-युवा नेता पौडेल

बिष्णु पौडेल :
हामी यतिबेला नेपाली काँग्रेसको १४औं महाधिवेशनको संघारमा छौ । देशका अधिकांश जिल्लाहरुका स्थानीय निकायहरुमा वडा अधिवेशन सम्पन्न भएको छ । नगर, प्रदेश, क्षेत्र र जिल्ला अधिवेशनको कार्यतालिकामा केही संशोधित भएको छ ।
यस परिवेशमा म नेपाली कांग्रेस स्याङ्गजामा आवद्ध सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अधिवेशनलाई देशको ठुलो लोकतान्त्रिक पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास र हामी बिचमा भएका असहमति र फरकपनलाई न्यूनिकरण गर्दै आन्तरिक एकता, सदभाव र बन्धुत्व भावना अभिवृद्धि गर्ने एउटा उत्सवको रुपमा अगाडि बढाउन आग्रह गर्दछु । हाम्रो राजनैतिक यात्रा दिर्घकालिन र लक्ष्य बृहत छ ।
राष्टियता, लोकतन्त्र र समाजवादको मुल्यलाई आत्मसात गर्दै हामी सम्पूर्ण कार्यकर्ताहरुले पार्टीमा योगदान गर्ने अग्रजहरु प्रति उच्च सम्मान, पार्टीमा क्रियाशील अग्रजहरु र उर्जावान व्यक्तिहरुलाई उपयुक्त भूमिका र परिवर्तनका संवाहक युवाहरुको भविश्य सुनिश्चित र आकर्षण हुने गरि नगर, प्रदेश, क्षेत्र र जिल्ला अधिवेशन गर्न सकेमा यसले लोकतन्त्रलाई संस्थागत गर्न सक्दछ । हाम्रो एकता नै हाम्रो शक्ति हो ।
(नेता पौडेल काँग्रेस महाधिवेशन प्रतिनिधि तथा नेविसंघका केन्द्रीय सदस्य हुनुहुन्छ ।)
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…