संबिधान दिवसको अवसरमा काँग्रेसले गर्यो अन्तक्रिया कार्यक्रम

टीकाराम अधिकारी/गल्याङ :
नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.२ स्याङ्जाद्वारा आयोजीत संविधान दिवसको अबसरमा प्रतिनिधिमूलक कार्यकर्ता अन्तरक्रिया कार्यक्रम गल्याङमा गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस महासमिति सदस्य तथा सांसद मोहन प्रसाद पाण्डेयले नेपाली काँग्रेसको सक्रियतामा जारी गरिएको लोकतान्त्रीक संविधान जोगाउने कार्य पनि नेपाली काँग्रेसको भएको बताउनु भयो ।
उहाँले भन्नु भयो देशलाई जतिबेला संकट र अफ्ट्यारो पर्दछ त्यस ठाउँमा नेपाली काँग्रेसले समस्याको समाधान गरेर जाने गरेको छ । पाण्डेले थप्नुभयो जनताले नेकपा एमालेलाई सत्ता दिएको भएता पनि सञ्चालन गर्न सकेन ।


नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता समृद्व नेपाल निर्माणका लागि एक भएर लाग्नु पर्ने नेता पाण्डेको भनाई छ ।
नेपाली काँग्रेका पूर्व उपसभापति गोपालमान श्रेष्ठ नेपाली काँग्रेसको १४ औं महाधिबेशनबाट केन्द्रीय अध्यक्षमा लड्छु भन्नु स्याङ्जालीका लागि गैरभको कुरा भएको भन्दै पाण्डेले त्यस कार्यमा श्रेष्ठलाई सबै लागेर विजयी बनाउनु पर्दछ ।
वडा तहदेखि केन्द्रीय तह सम्म नेपाली काँग्रेस भित्रको कुनै पनि गुट र उपगुट नभई सबैलाई समेटेर पार्टीलाई अगाडि वढाउनु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा पूर्व सांसद शंकर प्रसाद पाण्डे,प्रदेश सांसद भागवत प्रकाश मल्ल,नेपाली काँग्रेसका नेता भोजराज अर्याल, भीरकोट नगरपालिकाका प्रमुख छाँया राम खनाल, चापाकोट नगरप्रमुख शिव कुमार गिरी, वालिङ नगरप्रमुख दिलिपप्रताप खाँण, सरस्वती तिवारी,कल्पना तिवारी, विष्णु पौडेल,युवराज पाण्डेय,गायत्री आचार्य लगायतले बोलेका थिए ।
नेपाली काँग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति इश्वर खाँण देब बहादुरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महेस भट्टराईले गर्नु भएको थियो ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP