ओलीका प्यूसोहरुलाई हटाएर प्रदेश १ र वाग्मतीमा सरकार बनाउँछौं–माधव नेपाल

पोखरा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रदेश १ र बागमतीमा रहेका केपी ओलीका प्यूसोहरुलाई हटाएर नयाँ सरकार बनाइने बताउनुभएको छ ।
आइतबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भन्नुभयो, ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं ।’
संघीय सरकारमा पनि आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने बताउँदै अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भएको जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा भने शुरुदेखि नै आफूहरुलाई भेदभाव गरिएको भन्दै उहाँले आफ्नो पक्षलाई टिकटबाट समेत बञ्चित गरेकाले पीडितहरुको एकता भएको धारणा राख्नुभयो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…