दुई प्रदेशमा एमाले भन्दा ठूलो बन्यो एकीकृत समाजवादी पार्टी ।

काठमाण्डौ:
आईतबार थप केहि संसदले एकीकृत समाजवादी रोजे सँगै प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा उक्त पार्टी एमालेभन्दा ठूलो बनेको छ।

सुदूरपश्चिम प्रदेश सभामा एमालेका सभामुखसहित २५ सांसद थिए। १३ सांसद एकीकृत समाजवादीमा गएपछि उक्त पार्टी एमालेभन्दा ठूलो बनेको छ। आइतबार सांसदहरू दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल धनगढीस्थित निर्वाचन आयोग कार्यालयमा गएर सनाखत गरेका छन । यसअघि प्रदेश सभा सदस्यहरू पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, मना साउँद, चुनकुमारी चौधरी, कुलबिर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले एमाले छोडेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए।

त्यस्तै एमाले संसदीय दलका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेपछि प्रदेश २ मा पनि एकीकृत समाजवादी नेकपा एमाले भन्दा ठुलो दल बनेको छ । एमालेबाट निर्वाचित २१ जना प्रदेश सभा सदस्यमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् भने ८ जना एमालेमै रहने भएका छन्। शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव सुन्दर विश्वकर्मा, सीता गुरुङ एकीकृत समाजवादी रोजेका हुन्।

Facebook Comments Box
TOP