कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाश शर्माकाे घाेषणा

काठमाण्डाै : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदाे महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ ।
वीपी स्मृति दिवसको अवसरमा आज बिहीवार काठमाण्डौको सुन्दरीजल पुग्नुभएका शर्माले महामन्त्रीमा उम्मेदवारीकाे घोषणा गर्नुभएको हो । यसअघि कांग्रेसका नेता गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमा उठ्ने बताइसक्नु भएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि अहिले वडा अधिवेशन चलिरहेको छ । महाधिवेशन मङ्सिर ९ देखि १३ सम्म काठमाण्डौमा हुँदैछ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं : नगरप्रमुख रेग्मी
६ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले…