पोखरा महानगरको उप-सभापतिमा २२ वर्षीय युवकको उम्मेद्वारी दर्ता ।
पोखरा :
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढिरहेको समयमा गण्डकीमा सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । नेपाली कांग्रेसको तल्लो तहबाट नै युवाको बाक्लो उपस्थिति रहेको कास्कीमा यसपटक पोखरा महानगरको कांग्रेसको निर्वाचनमा उप-सभापति पदमा २२ वर्षीय निर्दोष विक्रम पौडेलले उम्मेद्वारी दर्ता गरेका छन् ।
देशकै भौगोलिक रुपले सबै भन्दा ठूलो महानगर पोखरा महानगरमा निर्दोषको उम्मेद्वारी अर्थपूर्ण रहेको जानकारहरु बताउँछन् ।
जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत पौडेल नेविसंघ जनप्रिय बहुमुखी क्याम्पसको वरिष्ठ उपाध्यक्ष हुन् । पोखरामा उच्च माध्यमिक तह अध्ययन हुने विद्यालयमा नेविसंघको संगठन बिस्तारमा भूमिका गरेका पौडेल युवा पंक्तिमा लोकप्रिय छन् ।
३ वटै क्षेत्रमा फैलिएको पोखरा महानगरमा युवा उम्मेद्वार निर्दोष उपसभापति उम्मेद्वारहरु मध्ये बलिया उम्मेद्वार हुन् । करिब १३६० मतदाता (क्षेत्रीय प्रतिनिधि) रहेको निर्वाचन रोचक दृश्यकासाथ हेरिएको छ ।
समाचार
थप सामाग्री
पूर्वाधार अभावले सुनसान बन्दै पञ्चासे भञ्ज्याङ
२ महिना अगाडि
स्याङ्जा : स्याङ्जा र कास्की जिल्लाको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चासे भञ्ज्याङ पछिल्लो समय सुनसान बन्दै गएको छ ।…


