पोखरा महानगरको उप-सभापतिमा २२ वर्षीय युवकको उम्मेद्वारी दर्ता ।

पोखरा :
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढिरहेको समयमा गण्डकीमा सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । नेपाली कांग्रेसको तल्लो तहबाट नै युवाको बाक्लो उपस्थिति रहेको कास्कीमा यसपटक पोखरा महानगरको कांग्रेसको निर्वाचनमा उप-सभापति पदमा २२ वर्षीय निर्दोष विक्रम पौडेलले उम्मेद्वारी दर्ता गरेका छन् ।
देशकै भौगोलिक रुपले सबै भन्दा ठूलो महानगर पोखरा महानगरमा निर्दोषको उम्मेद्वारी अर्थपूर्ण रहेको जानकारहरु बताउँछन् ।
जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत पौडेल नेविसंघ जनप्रिय बहुमुखी क्याम्पसको वरिष्ठ उपाध्यक्ष हुन् । पोखरामा उच्च माध्यमिक तह अध्ययन हुने विद्यालयमा नेविसंघको संगठन बिस्तारमा भूमिका गरेका पौडेल युवा पंक्तिमा लोकप्रिय छन् ।
३ वटै क्षेत्रमा फैलिएको पोखरा महानगरमा युवा उम्मेद्वार निर्दोष उपसभापति उम्मेद्वारहरु मध्ये बलिया उम्मेद्वार हुन् । करिब १३६० मतदाता (क्षेत्रीय प्रतिनिधि) रहेको निर्वाचन रोचक दृश्यकासाथ हेरिएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…