नेकपा (एकीकृत समाजवादी) का ५४ केन्द्रीय सदस्य र २९ सांसद सहित नयाँ दल दर्ताका लागि सनाखत ।
काठमाडौं:
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का ५४ जना केन्द्रीय सदस्य र २९ जना सांसदले नयाँ दल दर्ताका लागि सनाखत गरेका छन् ।
उनीहरुले बुधबार दिउँसो आयोगले तोकेको समय सीमाभित्र निर्वाचन आयोग पुगेर सशरीर उपस्थित भई सनाखत गरेका हुन् । उपचारका क्रममा भारतमा रहनुभएका पूर्वप्रधानन्त्री झलनाथ खनालको भने वारेसमार्फत सनाखत गरिएको हो ।
आयोगमा मंगलबार निवेदन दिएका सोमप्रसाद पाण्डे, माया ज्ञवाली न्यौपाने, शारदा देवी भट्ट र राजन राईले भने सनाखत गर्न पाएनन् । दर्ताका समयमा हस्ताक्षर नगरेका उनीहरुलाई भने सनाखत गर्न नदिइएको हो । उनीहरुलाई सनाखत गर्न नदिएकामा नेताहरुले आयोगसँग गुनासो गरेका थिए ।
तर निर्वाचन आयोगले भने यसअघि नै अध्यादेशमा लेखिएको कानुनी प्रावधानले उहाँहरुको निवेदन स्वीकार गर्न नसकिएको जनाएको हो ।
नेकपा (एकीकृत समाजवादी) नेताहरु भने चन्द्रागिरि हिल्समा भएको बैठकबाट सिधै निर्वाचन आएका थिए । आयोगले दलको सनाखतका लागि बिहान ११ः३० बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


