साउन २७ गतेभित्र सदस्यता नविकरण र अद्यावधिक गरिसक्ने: एमाले स्थायी कमिटी

काठमाडौं : नेकपा(एमाले)ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नविकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ ।
आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नविकरण र अद्यावधिक गर्ने समय सिमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले बताउनुभयो ।
पोखरेलले – ‘स्थायी कमिटीको बैठक जारी छ । भोलीपनि बैठक हुन्छ । आज हामीले पार्टी सदस्यतालाई नविकरण गर्ने र अद्यावधिक गर्ने समय सिमा तय गर्या छौँ । पहिले नै निर्देशन दिइसकेको हो । अब साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीहरुले खासगरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीको तर्फबाट सदस्यता नविकरण र अद्यावधिक गर्ने कुरा केन्द्रमा पठाइसक्नुपर्छ । यो किन गर्नुपरेको हो भने भदौँ २७ र २८ गते हामी विधान महाधिवेशन गर्दैछौँ । विधान महाधिवेशनको लागि सदस्यता नविकरण, अद्यावधिक गर्ने कुरा टुंग्याइसक्नुपर्ने भएकोले निर्णय गरेको छ ।’ बताउनुभयो ।
महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने पनि बताउनुभयो । विधान अधिवेशनको सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको उहाँले बताउनुभयो ।
एमाले स्थायी कमिटी बैठक सोमबार पनि बस्ने महासचिव पोखरेलले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…