लायन्स क्लवद्वारा मास्क तथा सेनिटाईजर बितरण ।

टिकाराम अधिकारी/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.८ मा १२ वर्ष अगाडि देखि सामाजिक अभियानमा कार्य गर्दै आएको लायन्स क्लव अफ गल्याङ सिटीको आयोजनामा लायन्स क्लव अफ ३२५ वि १ का सिनियर एडभाइजर लायन्य महेस भट्टराईको जन्मोत्सवको उपलक्ष्यमा फ्रन्टलाईनमा रहेर कार्य गर्ने गल्याङ नगरपालिका वडा नं.३ भित्रका शैक्षिक संस्था, सञ्चारकर्मी ,सुरक्षाकर्मी तथा श्रमिकहरुलाई मास्क तथा सेनिटाईजर वितरण कार्यक्रम गरि सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लव अफ ३२५ वि १ का सिनियर एडभाइजर लायन्य महेस भट्टराई विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरस फैलिएको र नेपाल सरकारले समेत साताव्यापी रुपमा मास्क वितरण गरेको सन्दर्भ पारेर यस्तो कार्य गरेको कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो आज विद्यार्थीले अनलाईन शिक्षण सिकाई गरेको भएता पनि भोलिका दिनमा विद्यार्थी विद्यालयमा आउने अवस्थामा विद्यार्थीलाई मास्क र सेनिटाईजर प्रदान गरेर कोरोना भाईरसको त्रासबाट कम गर्न सकियोस् भन्दै आफूले स्वास्थ्य सामग्री वितरण गरेको कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो सञ्चारकर्मी, सुरक्षाकर्मी र शिक्षक तथा श्रमजिवीहरु फ्रन्टलाईनमा रहेर काम गर्नु पर्ने भएकाले केही हद सम्म भए पनि यस्तो कार्यले कोरोना रोकथाममा टेवा पुग्ने विश्वास लिएको भट्टराईले जानकारी दिनु भयो ।
उहाँले समाजमा केही रचनात्मक र सिर्जनात्मक कार्य गरेर समाजलाई केही दिनु पर्ने कुरा बताउनु भयो । पछिल्लो समय आफ्नो जन्म दिनलाई तडक भडक र खचिलोको रुपमा मनाउदै आएको अवस्थामा त्यसको परिपार्टीलाई त्यग्दै रचनात्मक र सिर्जनात्मक कार्यमा लाग्न समेत आग्रह गर्नु भएको थियो ।
उहाँले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा गल्याङ बहुमुखी क्याम्पस, भानु भक्त आचार्य मावि,आदर्श आवासीय मा.वि, चिराग आवासीय मावि, भूपू सैनिक मावि, ज्ञानज्योति आधारभूत विद्यालय, भानुको तल्लो शाखा, सञ्चारकर्मी, सुरक्षाकर्मी, श्रमिकहरुलाई ८ हजार माक्स र ५० लिटर सेनिटाईजर गरि ४३ हजार बरावरको स्वास्थ्य सामग्री वितरण गर्नु भयो ।
कार्यक्रममा गल्याङ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराई, भानु भक्त आचार्य माध्यमिक विद्यालयका शिक्षिका इन्दीरा लुईटेल, समाजसेवी टेकनाथ न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
लायन्स क्लव अफ गल्याङ सिटीका अध्यक्ष किसान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य प्रथम उपाध्यक्ष कृष्ण प्रसाद भट्टराईले र ध्वजाको अभिभावदन क्लवका सदस्य यज्ञ प्रसाद अर्याल र कार्यक्रमको सञ्चालन सचिव शिवराज भण्डारीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
रेडक्रस स्याङ्जाको सभापतिमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाको सभापतिमा पुन ः दिनेश अर्याल निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला…