लुम्बिनीको विशेष अधिवेशन २७ गते, अविश्वास प्रस्तावमा छलफल हुने ।
बुटवल:
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आगामी साउन २७ बोलाइएको छ । विपक्षी गठबन्धन मंगलबार मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरी प्रदेश प्रमुख अमिक शेरचनसामू विशेष अधिवेशन आह्वान गर्न समावेदन गरेका थिए ।
सोही समावेदनअनुसार संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभा आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गर्न साउन २७ गते दिउँसो १ बजेका लागि प्रदेशसभा आह्वान गरिएको हो ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोका ३४ जना सदस्यले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको थियो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


