अन्तत: गयो कर्णालीका ४ एमाले सांसदको पद
काठमाडौँ : कर्णाली एमालेका चार सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा र कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै यसअघिकाे अन्तरिममा आदेश खारेज गरेको हाे । याेसँगै कर्णाली एमालेका चार सांसद पदमुक्त भएका हुन् ।
यसअघि सर्वोच्च अदालतले माओवाबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई एमालेको ह्वीप उल्लंघन गरेर विश्वासको मत दिने चार सांसदलाई दसौं महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भन्ने अन्तरिम आदेश जारी गरेको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
१ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ तमाखुबारीमा घाँस काट्न जाँदा भिरबाट लडेर २८ वर्षीय एक युवकको ज्यान गएको छ । घरबाट…


