जनस्वास्थ्य विधेयकमाथि दफाबार छलफल

वालिङ :
वालिङ नगरपालिकामा जनस्वास्थ्य सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथि आज दफाबार छलफल भएको छ ।
पब्लिक पोलिसी पाठशालाको सहजीकरणमा तयार पारिएको विधेयकमाथि दफाबार छलफल गरी अन्तिमरुप दिने तयारी गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
पहिलो चरणमा आज छलफल गरिएको र थपघट गर्नुपर्ने बुँदाहरुलाई संशोधन र परिमार्जनसहित कार्यपालिका बैठकबाट पारित गरी नगरसभामार्फत ऐनकोरुपमा अगाडि बढाईने नगर प्रमुख खाँणले बताउनुभयो ।
जनस्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण पक्ष र विषयलाई विस्तृतरुपमा समेटिएको नगर प्रमुख खाँणले बताउनुभयो ।
नगर प्रमुखसहित विधायन समिति, सामाजिक विकास समिति तथा सरोकारवाला पक्षहरुको उपस्थितिमा विधेयकमाथि दफाबार छलफल गरी अन्तिमरुप दिनका लागि सहजीकरणको भूमिकामा रहेको पब्लिक पोलिसी पाठशालालाई सुझाव दिईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।
विधेयकलाई आगामी पुसमा हुने नगरसभामार्फत पारित गरेपछि राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आउने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।

 

Facebook Comments Box
TOP