जनस्वास्थ्य विधेयकमाथि दफाबार छलफल
वालिङ :
वालिङ नगरपालिकामा जनस्वास्थ्य सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथि आज दफाबार छलफल भएको छ ।
पब्लिक पोलिसी पाठशालाको सहजीकरणमा तयार पारिएको विधेयकमाथि दफाबार छलफल गरी अन्तिमरुप दिने तयारी गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
पहिलो चरणमा आज छलफल गरिएको र थपघट गर्नुपर्ने बुँदाहरुलाई संशोधन र परिमार्जनसहित कार्यपालिका बैठकबाट पारित गरी नगरसभामार्फत ऐनकोरुपमा अगाडि बढाईने नगर प्रमुख खाँणले बताउनुभयो ।
जनस्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण पक्ष र विषयलाई विस्तृतरुपमा समेटिएको नगर प्रमुख खाँणले बताउनुभयो ।
नगर प्रमुखसहित विधायन समिति, सामाजिक विकास समिति तथा सरोकारवाला पक्षहरुको उपस्थितिमा विधेयकमाथि दफाबार छलफल गरी अन्तिमरुप दिनका लागि सहजीकरणको भूमिकामा रहेको पब्लिक पोलिसी पाठशालालाई सुझाव दिईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।
विधेयकलाई आगामी पुसमा हुने नगरसभामार्फत पारित गरेपछि राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आउने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


