कांग्रेसमा टुंगियो क्रियाशील सदस्यता सम्बन्धी विवाद ।
काठमाण्डौ :
नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको छ। केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता सम्बन्धी काम सहमतिमै टुंग्याउने जिम्मेवारी सिटौला, रिजाल र लेखकलाई दिए अनुसार उनिहरुले उक्त काम समाधानतर्फ पुर्याएका छन्।
भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी लिएका उनीहरूले शनिबार बेलुकी विवाद टुंग्याएर आइतबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेका छन्।
केन्द्रीय सदस्य लेखकले क्रियाशीलसम्बन्धी विवाद अब टुंगिएको बतायकाछन्। आज अपरान्ह ५ बजेतिर सभापति देउवालाई प्रतिवेदन बुझाउँछौं,’ उनले भने।
बारा, सप्तरीलगायत छ जिल्लामा क्रियाशील सदस्यता विवाद थियो। समग्रमा एक सय वडामा क्रियाशील सदस्यताका विवाद थिए। नेताहरूकै तवरबाट क्रियाशीलको विवाद टुंग्याइएकोले अब समस्या नदेखिने लेखक बताउँछन्।
कांग्रेसले यसअगाडि लेखककै नेतृत्वमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति बनाएर करिब ४० दिन काम गर्दै पाँच हजार उजुरीमाथि छानबिन गरेको थियो। ९६ प्रतिशत काम सकेर बाँकी काम शीर्ष नेतृत्वबाट गर्ने गरी साउन १२ मा समितिले प्रतिवेदन बुझाएको थियो।
क्रियाशील सदस्यताका विवाद टुंगिएपछि सभापति देउवाले अध्ययन गर्ने र केन्द्रीय निर्वाचन समितिलाई अन्तिम नामावली बुझाएपछि निर्वाचनको प्रक्रिया सुरू हुनेछ।
समाचार
थप सामाग्री
खुमा फाउण्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
२ दिन अगाडि
भीरकोट –७ मा स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङजाका ६९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शिक्षा, स्वस्थ्य, खेलकुद…


