लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत ।
बुटवल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । उनको पक्षमा ४२ र विपक्षमा शुन्य मत परेको थियो । प्रदेशसभा बैठकलाई विपक्षले बहिस्कार गरेको थियो ।
गत साउन २८ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम चार दलको गठबन्धनको समर्थनमा केसी मुख्यमन्त्री बनेका थिए। संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मुख्यमन्त्री केसीले विश्वासको मत दिन प्रस्ताव पेश गरेका हुन्। आजै दुई पटक स्थगित हुँदै प्रदेशसभा बैठक बसेको थियो । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


