तरूण दलद्धवारा देशव्यापी मास्क अभियान सञ्चालन गर्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन ।

काठमाण्डौ
नेपाल तरूण दलले देशव्यापी रूपमा मास्क अभियान सञ्चालन गर्न जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै निर्देशन दिएको छ। कोरोना संक्रमण दर पुन वृद्धि भइरहेकोले अनिवार्य मास्क प्रयोग गर्न चेतनामुलक अभियान सञ्चालन गर्नका लागि तरूण दलले निर्देशन दिएको छ।

तरूण दलका अध्यक्ष जितजंग बस्नेतले आज ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै मास्क प्रयोग गर्न अभियान चलाउन निर्देशन दिएका हुन्। कोरोनाविरूद्ध खोप लगाउन सबैलाई प्रोत्साहनसहित जनचेतना फैलाउन पनि तरूण दलको आग्रह छ। खोप केन्द्र पुग्न नसकेकाहरूलाई केन्द्रसम्म पुर्‍याउन युवालाई परिचालन गर्ने र खोप केन्द्रहरू थप व्यवस्थित बनाउन स्थानीय तहहरूसँग समन्वय गरी सहयोगीको भूमिका खेल्न तरूण दलको आग्रह छ। ‘स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउनको लागि प्रोत्साहन स्वरूप थप सेवा सुविधा प्रबन्ध गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन , मास्क, औषधि, सेनिटाइजर, खाद्यान्न, ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी हुन नदिन समेत तरूण दलले निर्देशन दिएको छ।

Facebook Comments Box
TOP