बाग्मती सरकार ढल्ने पक्का, मन्त्री सहित १२ सांसद नेकपा (एकीकृत समाजवादी)मा ।

काठमाण्डौ
एमाले विभाजन भएसँगै बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनाल सहित १२ सांसदले नेकपा (एकीकृत समाजवादी)मा जाने भएपछि अष्टलक्ष्मी शाक्यको सरकार प्रष्ट अल्पमतमा परेको छ ।

१ सय ९ सदस्यीय बागमती प्रदेशमा एमालेका ५६ सांसद मध्ये १२ जनाले नेकपा एकीकृतलाई साथ दिएसँगै अब एमालेका जम्मा ४४ सांसद भएका छन्।

निर्वाचन आयोगको बाग्मती प्रदेशस्थित कार्यालय हेटौंडामा खनालले आज सनाखत गरेका छन्। यसअघि खनालले निर्वाचन आयोगमा समेत सनाखत गरेका थिए। खनाल एमालेमा रहँदा केन्द्रीय सदस्य थिए।

 

Facebook Comments Box
TOP