युवा तथा खेलकुद मन्त्रिमा राजिव गुरुङ (दिपक मनाङे)को ह्याट्रिक ।
पोखरा:
भौतिक पूर्वाधार मन्त्रालय दाबि गर्दै विनाविभागीय मन्त्रीको रुपमा रहेका राजिव गुरुङ (दीपक मनाङे)ले अन्तत युवा तथा खेलकुद मन्त्रालयको कार्यभार सम्हालेर उक्त मन्त्रालयमा ह्याट्रिक गरेका छन ।
उनी यसअघि पनि पृथ्वीसुब्बा गुरुङको क्याबिनेटमा दुई पटक खेलकुदमन्त्री बनिसकेका थिए । एमाले छोडेर गठबन्धनमा लागेपछि भौतिक पूर्वाधार विकास मन्त्रालयमा उनले दाबी गरेका थिए । भौतिक नपाएकै कारण कुनै मन्त्रालयको जिम्मेवारी लिन मानेका थिएनन् ।
गत २९ जेठमा कांग्रेस नेतृत्वमा गठित सरकारमा बिनाविभागीय मन्त्रीको शपथ लिएका उनले एक महिनापछि आइतबार मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । गत १६ वैशाखबाट १० दिने खेलकुदमन्त्री रहेर फेरि ९ जेठमा सोही मन्त्रालयमा दोहोरिएका थिए ।
कांग्रेस नेतृत्वको सरकार बनाउन निर्णायक मत दिएका मनाङे गठबन्धन सरकारमा बल्लबल्ल युवा तथा खेलकुद मन्त्रालय सम्हाल्न तयार भएका हुन् ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


