युवा तथा खेलकुद मन्त्रिमा राजिव गुरुङ (दिपक मनाङे)को ह्याट्रिक ।

पोखरा:
भौतिक पूर्वाधार मन्त्रालय दाबि गर्दै विनाविभागीय मन्त्रीको रुपमा रहेका राजिव गुरुङ (दीपक मनाङे)ले अन्तत युवा तथा खेलकुद मन्त्रालयको कार्यभार सम्हालेर उक्त मन्त्रालयमा ह्याट्रिक गरेका छन ।
उनी यसअघि पनि पृथ्वीसुब्बा गुरुङको क्याबिनेटमा दुई पटक खेलकुदमन्त्री बनिसकेका थिए । एमाले छोडेर गठबन्धनमा लागेपछि भौतिक पूर्वाधार विकास मन्त्रालयमा उनले दाबी गरेका थिए । भौतिक नपाएकै कारण कुनै मन्त्रालयको जिम्मेवारी लिन मानेका थिएनन् ।
गत २९ जेठमा कांग्रेस नेतृत्वमा गठित सरकारमा बिनाविभागीय मन्त्रीको शपथ लिएका उनले एक महिनापछि आइतबार मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । गत १६ वैशाखबाट १० दिने खेलकुदमन्त्री रहेर फेरि ९ जेठमा सोही मन्त्रालयमा दोहोरिएका थिए ।
कांग्रेस नेतृत्वको सरकार बनाउन निर्णायक मत दिएका मनाङे गठबन्धन सरकारमा बल्लबल्ल युवा तथा खेलकुद मन्त्रालय सम्हाल्न तयार भएका हुन् ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…