भीरकोट नगरपालिकाका सार्वजनिक स्थानमा फ्री वाइफाई ।

भीरकोट, स्याङजा:

भीरकोट नगरपालिकाले ९ वटै वडा कार्यालय तथा सार्वजनिक पहुँचको स्थान जस्तै बाल बिकाश केन्द्र, समाज भवन, आमा समुहको भवन, ज्ञान केन्द्र आदि जस्तो ठाउँमा फ्री वाइफाई-इन्टरनेट जडानको कार्य सुरु गर्ने भएको हो ।

कोभिड-१९ को दोस्रो लहरका कारण विद्यार्थीहरु बिद्यालयमा उपस्थित भएर पढ्ने वातावरण नभएको र कोरोनाको संक्रमणको जोखिम अझै पनि कायमनै रहेकोले ग्रामिण भेगका बिद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पठनपाठन गर्न टेवा पुग्ने र एकै टोलका बिद्यार्थीहरु आफ्नो वार्डको सार्वजनिक स्थानमा जम्मा भई भौतिक दुरी कायम गरि इन्टरनेटको सेवा लिन सक्ने गरि नगरपालिकाले सम्पूर्ण वडा कार्यालयको सार्वजनिक पहुँचको स्थान जस्तै बाल बिकाश केन्द्र, समाज भवन, आमा समुहको भवन, ज्ञान केन्द्र आदि जस्तो ठाउँबाट फ्री वाइफाई जोड्न लागेको हो ।
नगर प्रमुख छायाराम खनालले सबै विद्यार्थीहरुको अनलाइनका माध्यमबाट अध्ययन गर्न पहुँच पुर्याउने उद्देश्य अनुसार नगरपालिकाले वर्ल्डलिंक कम्युनिकेसन्स प्रा।लि। संग सम्झौता गरेर वाईफाई फ्री जोनको जडान कार्य सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना संक्रमण कहिले सम्म रहने भन्ने टुङ्गो नभएकोले विद्यार्थीको भविष्यलाई मध्यनजर राखेर अनलाइनका माध्यमबाट क्लास लिन सकिने गरि हाललाई यो सेवा सुरु गरिएको हो र निकट भविश्यमा सर्वसाधारणले पनि यो सेवा उपभोग गर्न सक्ने कुरा व्यक्त गर्नुभयो। नेटको अभावमा विद्यार्थी पढाईबाट बन्चित हुन नपरोस भनी नगरपालिकाले नेटको पहुँच नभएका विद्यार्थीहरुलाई मध्यनजर गरि फ्री वाइफाई जडान गर्ने अभियान सञ्चालन गरेको बताउनुभयो ।
वाईफाई फ्री जोन स्थापनाको प्राविधिक पक्षमा बोल्दै भीरकोट नगरपालिकाका सूचना प्रविधि अधिकृत कमल रेग्मीले पहिलो चरणमा नगरपालिकाका १० वटा सार्वजनिक स्थानमा इन्टरनेट फ्री जोनको स्थापना गरि सेवाको सुरुवात गरिने बताउनुभएको छ। प्रति वाइफाई फ्री जोनका लागि सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स प्रा. लि. संग ५ वर्ष सम्मको सम्झौता रहनेछ।हरेक वाइफाई जोनबाट एक पटकमा अधिकतम ६० जनाले न्युनतम ७ एम.बि.पि.एस। गतिको वाई फाई सुबिधा प्रयोग गर्न सक्नेछन् हाललाई नगरपालिका केन्द्र र १ देखि ९ वटै वडाको १ स्थान बाट सुरुवात गरिने यो सेवा, यसको प्रभावकारिता र परिक्षण पश्च्यात अन्य स्थानमा बिस्तार गरिनेछ।

 

Facebook Comments Box
TOP