खुकुलो प्रावधान सहित स्याङजामा सात दिन थपियो निषेधाज्ञा
स्याङजा :
स्याङजामा सात दिनका लागि निषेधाज्ञा थप गरिएको छ तर, निषेधाज्ञा थप खुकुलो बनाइएको छ ।निषेधाज्ञा साउन ७ गते सम्मको लागि थपिएको हो । । खाजाघर र चिया पसलबाहेक होटेल एवम् रेस्टुरेन्टबाट सेवाग्राहीले तयारी खाजा लिएर जान पाउने भएका छन् ।
सरकारी कार्यालय, बैंक, संस्थानहरू नियमित खुला रहनेछन् । त्यस्तै स्थानीयस्तरमा सबै खाले सवारी साधनहरू चल्न पाउनेछन् भने जिल्ला बाहिर जानेले प्रशासनबाट अनुमति दिनु पर्ने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
विवाह, ब्रतबन्धलगायत अन्य संस्कारका लागि १५ जनासम्म जम्मा हुन पाइने भएको छ । तर, स्वास्थ्य र सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्ने छ ।
सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जन स्थल, स्विमिङ पुल, जिमखाना, समूहमा खेल्ने खेलकुद, कबर्डहल, पुस्तकालय, संग्रहालयक, शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, टुयु्सन सेन्टरलगायत भने बन्द नै रहनेछन् । त्यस्तै खुला स्थानमा मानिसहरू भेला हुन, भिडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोज, भतेर गर्न, धार्मिक, सांस्कृतिक गतिविधिहरूमाथि भने रोक लगाइएको छ ।
आदेश यस्तो छ :

समाचार
थप सामाग्री
सवारी दुर्घटनापछि विवाद हुँदा तीन जना घाइते, एक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा दुई सवारी साधन एक आपसमा ठोक्किएको घटनापछि विवाद हुँदा तीन जना घाइते भएका छन् भने एक…


