सर्वोच्चबाट पुर्नस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad-bhaban

काठमाडौं : सर्वोच्च अदालतबाट दोस्रो पटक पुर्नस्थापित प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेपछि आज अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले १६ वटा विधेयकहरू पेश गर्ने तयारी गरेको छ । यीमध्ये बजेट सम्बन्धी ३ वटा अध्यादेश रहेका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो ।

आजै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । प्रतिनिधि सभा पुनर्स्थापना भएपछि अघिल्लो सरकारले हठात् राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेको थियो । अभिवेशनको लागि सम्पूर्ण सांसदहरू, राष्ट्रिय सभा सदस्य, कर्मचारी लगायतको कोरोना परीक्षण भइसकेको छ ।

Facebook Comments Box
TOP