नेकपा एमालेमा फेरि अर्काे आई.टी. आर्मी (साईवर सेना) ।
काठमाडौं :
नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका प्रभु साहको नेतृत्वमा आई.टी.आर्मीको घोषणा गरिएको छ ।
मंगलबार घोषणा पत्र जारी गर्दै सामाजिक न्याय, सुशासन तथा समाजवादप्रति प्रतिबद्धता जनाउनका लागि महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै साहको नेतृत्वमा आई।टी। आर्मी घोषणा गरिएको हो ।
सरकारले सूचना प्रविधिमार्फत् जनतामा भ्रमको खेती गर्न सक्ने र त्यो भ्रम चिर्नका लागि आई. टी. आर्मी निर्माण गरिएको अन्तरिम घोषणा पत्रमा उल्लेख छ।
घोषणा पत्रमा भनिएको छ,‘आइटीको सहायताले हामी मुलुकमा ब्याप्त दुराचार, बेथिथि, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्छौँ । तसर्थ देशमा समाजवादी व्यवस्था निर्माण सहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियनामा हामी सफल हुने दृढ विश्वासको साथ अर्ध सामूहिक स्वरुपमा क्रियाशील रहनेगरी आई.टी. आर्मीको स्थापना गरिएको छ।’
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


