महिला जनप्रतिनिधीहरुलाई क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम

पुतलीबजार : पुतलीबजार नगरपालिकाका महिला जनप्रतिधिको एक दिने क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न भएको छ । पालिकाका महिला जनप्रतिनिधिहरुलाई सक्रिय तथा सचेत बनाउने उद्देश्यले क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले महिला जनप्रतिनिधीहरुलाई जागरुक तथा सक्रिय बनाउन क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताईन् । नगरप्रमुुख क्षेत्रीले महिला जनप्रतिनिधिहरुलाई कार्यक्रममा जानेबुझेका कुरा व्यवहारमा लागु गर्न सुझाईन् । उनले समाजको परिवर्तन महिलाले गर्ने हुन सबै महिलाहरुलाई व्यवहारिक कार्यक्रम आवश्यक गरेको बताईन् ।
कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा र महिला तथा बालबालीका शाखा प्रमुख ठगीकुमारी खनाल लगाएतले समाज परिवर्तनका सम्वाहक महिला भएको बताउदै महिलाका हक र अधिकारहरु बढाउन जोड दिए । उनीहरुले महिलाको पक्षमा बोलेका थिए । क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रममा पालिकाका २४ जना महिला जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रममा कानुन साक्षरता सम्बन्धी पालिकाका राजश्व शाखाका प्रमुख कपिल गिरीले र लंैगिक हिंसा र अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले कक्षा संचालन गरेका थिए । त्यसैगरी सूचना प्रविधी सम्बन्धी पालिकाका सूचना प्रविधि अधिकृत मुक्त गुरुङले र उद्घोषण र सार्वजनिक बक्तव्य सम्बन्धी रेडियो स्याङजाका स्टेशन म्यानेजर रमेश गोदारले कक्षा लिएको पुतलीबजार नगरपालिकाका प्रेस संयोजक रोशन लामिछानेले जानकारी दिए ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…