पुतलीबजार नागडाँडाको आधारभुत स्वास्थ्य केन्द्रलाई गाँउलेले दिए निशुल्क जग्गा ।
स्याङजा :
पालिकाको माताहातमा रहने गरी पुतलीबजार नगरपालिका–४, नागडाडामा बन्न लागेको आधारभुत स्वास्थ्य केन्द्रका लागि निशुल्क जग्गा प्राप्त भएको छ । सोही स्थानका सेतीदेवी पोखरेल र चुडामणी पोखरेलले पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीलाई जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरी जग्गा उपलब्ध गराएका हुन् ।
जग्गाधनी प्रमाण पुर्जा ग्रहण गर्दै नगरप्रमुख क्षेत्रीले जग्गा उपलब्ध गराएकोमा द्धोय पोखरेललाई धन्यबाद व्यक्त गरिन् । नगरप्रमुख क्षेत्रीले प्राप्त जग्गामा भवन निर्माण गरी स्थानीयहरुलाई आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराइने बताईन् । सोही अवसरमा जग्गा दाता द्धोय पोखरेललाई क्षेत्रीले खादा लगाई सम्मान गरेकी थिईन् ।
आधारभुत स्वास्थ्य केन्द्रका लागि निशुल्क रुपमा स्थानीय चुडामणी पोखरेलले १० आना ३ दाम र सेतीदेवी पोखरेलले २ आजा ३ दाम जग्गा उपलब्ध गराएका हुन् । उनीहरुले मालपोत कार्यालयबाट आधारभुत स्वास्थ्य केन्द्रका नाममा पास गरी उक्त जग्गा उपलब्ध गराएको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष ओमबहादुर खड्काले जानकारी दिए ।
जग्गा हस्तान्तरण कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, ओजना अधिकृत ताराचन्द्र ढकाल, वडा अध्यक्ष ओमबहादुर खड्का र सुर्याेदय क्लबका अध्यक्ष तथा समाजसेवी अनन्त कुमार श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा जग्गा दाता पोखरेलहरुले जग्गाको सही सदुपयोग गर्न अनुरोध गरेको पालिकाका प्रेस संयोजक रोशन लामिछानेले जानकारी दिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


