देउवालाई विश्वासको मत दिने २२ जनालाई स्पष्टिकरण सोध्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
आइतबार संसदमा पार्टी निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाहीस्वरूप स्पष्टीकरण सोध्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
त्यस्तै, बैठकले एमालेको विवाद समस्या समाधान गर्न बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ । बैठकले गल्ती स्वीकार गरी पार्टीमा फर्कन चाहनेलाई अन्तिम अवसर दिने निर्णय गरेको पनि ज्ञवालीले बताउनुभयो ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गर्नुभएको थियो । बैठक मंगलबार मंगलबारसम्मका लागि स्थगित भएको छ ।
बैठकमा नेपाल समूहका नेताहरू सहभागी भएका थिएनन् भने माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरूको उपस्थिति थियो ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…