विश्वासको मतपछि मात्र भारतीय प्रधानमन्त्रीको बधाई र शुभकामना ।
काठमाण्डौ
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले उनलाई बधाई र शुभकामना दिएका छन्। नेपालमा सरकार परिवर्तन हुने बित्तिकै बधाई दिँदै आएका मादीले यसपटक करिब एक साता बित्न आँट्दा पनि बधाई दिएका थिएनन्।
मोदीले पछिल्लो सात वर्षमा नेपालमा नियुक्त भएका चार प्रधानमन्त्रीलाई त्यही दिन वा अर्को दिन टेलिफोनमा कुरा गरेर बधाई दिने र भारत भ्रमणको निम्तो दिने गरेका थिए भने सामाजिक सञ्जालमार्फत् पनि बधाई दिने गरेका थिए। यसपालि भने देउवा प्रधामन्त्री भएको छ दिनसम्म बधाई नदिई बसेका मोदीले आइतबार देउवाले संसदमा विश्वासको मत प्राप्त गरेको केही बेरमै सामाजिक सञ्जालमार्फत् बधाई र शुभकामना दिएका छन्।
मोदीले आइतबार राति साढे १० बजे आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् “न्प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र सफल कार्यकालको शुभकामना। दुई देशबीच सबै क्षेत्रहरूमा रहँदै आएको विशिष्ट साझेदारीलाई थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्धलाई थप सुदृढ बनाउन म तपाईंसँग सहकार्यको अपेक्षा गर्दछु । ” मोदीले फोन गरेर पनि देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
समाचार
थप सामाग्री-
एमालेका थापाको संकल्प पत्र : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा
-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
४ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा…


