गण्डकी प्रदेशमा ईन्टरनेट बिना अनलाइन कक्षा संचालन गर्न मिल्ने एप्लिकेसन ल्याउदैछौं : मन्त्री श्रेष्ठ
काठमाडौ :
कोभिडका कारण प्रबिधि मैत्री बन्दै गएको नेपाल शिक्षा प्रणालीलाई थप ब्यवस्थित गर्न लागिएको गण्डकी प्रदेश सरकारका शिक्षा,सस्कृती,विज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बताउनु भएको छ । मन्त्री श्रेष्ठले अनलाइनबाट हुने पढाइको लागि बिना ईन्टरनेट चल्ने एप्लिकेसन ल्याउन लागिएको बताउनु भएको हो ।
नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितिले शुक्रवार काठमाडौमा गरेको नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई तथा संमान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले देश बिकास पहिलो खुड्किला शिक्षा भएको भन्दै शिक्षालाई थप गुणस्तरीय र प्रबिधि मैत्री बनाउन आफू लागि पर्ने बताउनुभयो । कोभिडका कारण नेपालको शिक्षा प्रणाली शहर तिर अनलाइन बन्दै गएको र गाउँमा ईन्टरनेटको अभाव हुँदा अनलाइनमा कक्षा संचालनमा कठिनाइ भएको भन्दै घरमै बसेर अब बिना ईन्टरनेट अनलाइन कक्षा संचालन गर्न सकिने एप्लिकेसनको बिकास गर्न लागेको मन्त्री श्रेष्ठको तर्क थियो । बिदेशमा यस्तो प्रबिधि प्रयोग आइसकेको भएपनि नेपालमा भित्री नसकेको भन्दै आफू मन्त्री भए लगत्तै बिदेशी बिज्ञा बोलाएर यश बिसयमा अध्यन गरेको जानकारी दिनुभयो । यो एप्लिकेसन भएपछि मोबाइल मोबाइल र सिम भएपछि अनलाइन कक्षा पढ्न पढाउन ईन्टरनेटको आवश्यकता नपर्ने उहाँको तर्क थियो ।
सस्थाका सदस्य मिनप्रसाद पौडेलको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डे, पुर्व न्यायाधीश बाबुराम रेग्मी, महासमिति सदस्य माया राना लगायतले बोल्नु भएको थियो । सस्थाका अध्यक्ष देबिलाल अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व मन्त्री तथा सस्थाका सस्थापक अध्यक्ष इन्द्र बहादुर गुरुङ प्रमुख अतिथि रहनु भएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


