स्याङ्जा र कास्कीको सिमाना मट्टिखानमा अस्थायी प्रहरी चौकी

स्याङ्जा :
स्याङ्जा र कास्कीको सिमाना मट्टिखानमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ । स्थानीयवासीको सुरक्षा चासोलाई मध्यनजर गर्दै स्याङ्जाको फेदीखोला गाउँपालिका र पोखरा महानगरपालिकाको सिमाना मट्टिखानमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । महानगरवासी र गाउँपालिकावासीको बढ्दो मागको सम्बोधन तथा सिमा नाकामा सुरक्षा सर्तकताका लागि फेदीखोला गाउँपालिकाले पोष्ट स्थापनाको लागि पहल गर्दै आएको थियो । साविकको मट्टिखान उपस्वास्थ्य चौकीको भवनमा राखिएको पोष्टमा प्रहरी हवल्दार पूर्णबहादुर थापाको कमाण्डमा ४ जना प्रहरी रहनेछन् ।
पोष्टको उद्घाटन गर्दै स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले शान्ति सुरक्षा कायम राख्न प्रहरी र जनताबिच सहकार्य हुनुपर्ने बताउनु भयो । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले स्थानीयको मागलाई सम्बोधन गर्दै पोष्ट स्थापना भएको बताउँदै प्रहरी पोष्टले गाउँमा सुरक्षा व्यवस्था कायम राख्न सघाउ पुर्याउने बताउनु भयो ।
प्रहरी चौकी स्थापना कार्यक्रममा स्याङजा प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटी, अनुसन्धान प्रमुख, फेदीखोला गाउपालिका वडा न १ का वडा अध्यक्ष खिमबहादुर क्षेत्री, फेदीखोला प्रहरी चौकी प्रमुख महेश्वर उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…