स्याङ्जा र कास्कीको सिमाना मट्टिखानमा अस्थायी प्रहरी चौकी
स्याङ्जा :
स्याङ्जा र कास्कीको सिमाना मट्टिखानमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ । स्थानीयवासीको सुरक्षा चासोलाई मध्यनजर गर्दै स्याङ्जाको फेदीखोला गाउँपालिका र पोखरा महानगरपालिकाको सिमाना मट्टिखानमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । महानगरवासी र गाउँपालिकावासीको बढ्दो मागको सम्बोधन तथा सिमा नाकामा सुरक्षा सर्तकताका लागि फेदीखोला गाउँपालिकाले पोष्ट स्थापनाको लागि पहल गर्दै आएको थियो । साविकको मट्टिखान उपस्वास्थ्य चौकीको भवनमा राखिएको पोष्टमा प्रहरी हवल्दार पूर्णबहादुर थापाको कमाण्डमा ४ जना प्रहरी रहनेछन् ।
पोष्टको उद्घाटन गर्दै स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले शान्ति सुरक्षा कायम राख्न प्रहरी र जनताबिच सहकार्य हुनुपर्ने बताउनु भयो । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले स्थानीयको मागलाई सम्बोधन गर्दै पोष्ट स्थापना भएको बताउँदै प्रहरी पोष्टले गाउँमा सुरक्षा व्यवस्था कायम राख्न सघाउ पुर्याउने बताउनु भयो ।
प्रहरी चौकी स्थापना कार्यक्रममा स्याङजा प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटी, अनुसन्धान प्रमुख, फेदीखोला गाउपालिका वडा न १ का वडा अध्यक्ष खिमबहादुर क्षेत्री, फेदीखोला प्रहरी चौकी प्रमुख महेश्वर उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


