बिदाइ हुँदै गर्दा अदालतप्रति खनिए ओली !

kp sharma oli

काठमाण्डौ:

सिंहदरबारबाट बिदाई सम्बोधन गर्दैगर्दा ओलीले निश्चित व्यक्तिका लागि संविधानको अपव्याख्या भएको भन्दै निरपेक्ष रुपमा सर्वोच्च अदालतप्रति खनिएका थिए।  अदालतको फैसलाबाट सम्बोधनको सुरूवात गरेका उनले विभिन्न प्रश्न गरेका थिए।

उनले सम्बोधनको क्रममा राज्यका महत्वपूर्ण अंगहरूबीचको सन्तुलन खलबलिएर लोकतन्त्रको संरचना नै क्षति होला कि भन्ने चिन्ता रहेको बताएका थिय। उनले सर्वोच्चले ह्वीप लगाउन पाइँदैन भनेर गरेको व्याख्याबारे पनि प्रश्न उठाएका छन्। ‘एउटै दलका सदस्यहरू सत्ता र प्रतिपक्ष बन्ने यस्तो परिकल्पना कुनै पनि लोकतान्त्रिक प्रणालीले गर्दै गर्दैन,’ ओलीले भने।

सर्वोच्च अदालतले  प्रतिनिधि सभा पुनर्स्थापना गर्दा संविधानको धारा ७६ को ५ मा प्रतिनिधि सभाका सदस्यलाई ह्वीप नलाग्ने व्याख्या थियो। हाम्रो लोकतान्त्रिक प्रणालीले भविष्यमा यसले सिर्जना गर्ने मूल्य चुकाउनु पर्नेछ।’ उनले राजनीतिक प्रश्नहरूको मुख्य फैसला गर्ने जिम्मेवारी दलहरूको भएको दाबी पनि गरेका छन्।

‘राजनीतिक प्रश्नको मुख्य फैसला गर्ने जिम्मेवारी दलहरूको हो। सार्वभौम जनताको हो,’ उनले भने, ‘त्यसैले राजनीतिक प्रश्न जोडिएका मुद्दामा अदालतको अधिकतम संयमको अपेक्षा गरिन्छ। अदालतले प्रत्येक विषयमा हात हालेको र कहिलेकाहीँ माग नै नगरेका विषयहरूमा समेत अदालत अगाडि बढेको आरोप उनको थियो। अदालतले ठूलो भारी बोक्न नसक्ने पनि उनले बताए। खेलाडीले खेल खेल्ने भए पनि रेफ्री नै खेल खेल्ने वा एकतर्फी मिल्ने गरेको बताए।

‘विश्वको इतिहासमा पहिलो पटक अदालतले प्रधानमन्त्री बनाउने र प्रधानमन्त्री हटाउने काम गरेको छ,’ उनले भने। उनले अदालत अतिरिक्त सक्रिय भएकोसमेत आरोप लगाएका छन्। अदालतले अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउन नियुक्त गर्न आदेश दिएको भन्दै उनले अदालत अतिरिक्त सक्रिय भएको बताएका हुन्। लामो समय संघर्ष पछि ल्याएको दलीय व्यवस्थालाई अदालतलको आदेशले भत्काइदिएको समेत उनले आरोप लगाएकाछन्।

Facebook Comments Box
TOP