वालिङ नगरउपप्रमुख तिवारीलाई पितृ शोक ।

आँधीखोला समाचार डेस्क आँधीखोला समाचार डेस्क १ श्रावण २०७८, शुक्रबार २१:३७

वालिङ :

वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । तिवारीका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको हो । यसअघि कुनैपनि किसिमको स्वास्थ्य समस्या नभएता पनि पिताको आज बिहान हृदयघातका कारण निधन भएको परिवारिक भनाई छ । स्वर्गीय तिवारीका वालिङ नगर उपप्रमुख एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष कल्पना तिवारीसहित दुई छोरी र तीन छोरा हुनुहुन्छ ।

स्वर्गीय तिवारीको शवलाई आज नै रामनदीधाम राम्दीमा अन्त्येष्टि गरिएको छ । यसैबीच वालिङ नगर उपप्रमुख कल्पना तिवारीका पिता भीमलाल तिवारीको निधनप्रति वालिङ नगरपालिकाले दुःख ब्यक्त गरेको छ । नगर प्रमुख दिलीपप्रताप खाँणले आज एक शोक वक्तब्य जारी गर्दै तिवारीको निधनले एक असल अभिभावक गुमाएको उल्लेख गर्नुभएको छ । तिवारीको निधनप्रति दुःख ब्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी समवेदना प्रकट गर्नुभएको छ । स्वर्गीय तिवारीको निधनप्रति दुःख प्रकट गर्दै नेपाली काँग्रेस स्याङ्जा सहित वालिङ उद्योग वाणिज्य संघले शोकसभाको आयोजना गरेका थिए ।

 

Facebook Comments Box
यो पनि पड्नुहोस..  बहुविवाहविरुद्ध न्यायको खोजी बहुविवाह दण्डनीय अपराध भए पनि समाजमा यस्ता मुद्दामा कमी आएको छैन

धेरै कमेन्ट गरिएका