कालीगण्डकी गाउँपालिकामा निशुल्क स्वास्थ्य बिमा कार्यक्रमक शुभारम्भ

Health bima kaligandaki

स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले निशुल्क स्वास्थ्य बिमा कार्यक्रमक एक औपचारिक कार्यक्रमका बिच आजबाट शुभारंम्भ गरेको छ।

कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को  निति तथा कार्यक्रम मार्फत पालिकाबासी सम्पूर्ण नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सार्वजनिक गरेको थियो । सोही कार्यक्रम अन्तर्गत आजबाट उक्त कार्यक्रम सुरु गरिएको छ।
स्वास्थ्य नै मानवको अमूल्य धन भएकोले पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर प्रत्येक नागरिकलाई  क्रमशः स्वास्थ्य बिमा कार्यक्रममा समाबेश गर्ने लक्ष्य रहेको कालीगण्डकी गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनु भयो।
पालिकाको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पालिकाकी ३२ वर्षीया बुद्धिकला दमैलाई पहिलो सेवाग्राहीको रुपमा निशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समाबेश गरिएको प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनु भयो।
पालिकाले सीमान्तकृत वर्ग , अपाङ्ग , अति विपन्न वर्गलाई प्राथमिकताका आधारमा राखेर बिमा कार्यक्रम अगाडि बढाएको प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिनु भयो।
जनस्तरमा गएर स्वास्थ्य बिमा सम्बन्धि जानकारी दिन तथा समाबेश गर्नकालागि बिमाकर्ताहरुलाई तालिम सञ्चालन समेत भैरहेको कालीगण्डकी गाउँपालिकाले जनाएको छ।
कालीगण्डकी गाउँपालिकाले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि पर्याप्त बेजेट रहेको समेत जानकारी दिएको छ।
स्वास्थ्य बिमा शुभराम्भ कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगर , पालिकाकी उपाध्यक्ष सावित्रा कोइराला , प्रशासकीय  अधिकृत दिनेश ज्ञवाली, शिक्षा शाखा प्रमुख भिम श्रेष्ठ , कालीगण्डकी अस्पतालका प्रमुख डा. रेशम राना ,विभिन्न बिद्यालयका प्रधानाध्यापक , वडा अध्यक्षहरु बिमाअभिकर्ताहरु, बिमा सेवाग्राही लगायतको उपस्थिति रहेको थियो। बुद्धि सरा भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगर रहनु भएको।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले निशुल्क उपचार पाउने नागरिकको नैसर्गिक अधिकार भएकोले आफुले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनु भयो।  यो बिमा कार्यक्रम अन्तर्गत पालिका बासि प्रत्येक नागरिकले रु १ लाख सम्मको निशुल्क उपचार प्राप्त गर्ने अध्यक्ष थापाले जानकारी दिनु भयो।
कार्यक्रमको सञ्चालन युवाराज थापले गर्नु भएको थियो।
कालीगण्डकी गाउँपालिकाको स्वास्थ्य बिमा कार्यक्रमलाई देशकै एक नमुना कार्यक्रमको रुपमा लिइएको छ।
Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP