निर्वाचन आयोगले दियो उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता
काठमाडौँ : निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। सोमबार केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको हस्ताक्षर यादवको पक्षमा देखिएपछि आयोगले उनलाई आधिकारिकता दिएको हो।
५१ सदस्यीय कार्यकारिणीय परिषदका ३४ जना सदस्यले यादवको पक्षमा सनाखत गरेका छन् भने १६ जनाले अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका छन्। रेशम चौधरी भने तटस्थ बसेका छन्।
यादवले दलमा विवाद भएपछि गत असार ४ गते दलको आधिकारिकता माग गर्दै आयोगमा निवेदन दिएका थिए। साउन ३ र ७ गते भएको सुनुवाइपछि आयोगले सोमबार सनाखतमार्फत यादव पक्षलाई आधिकारिकता दिएको हो।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


